महानगरको सेवा लिन भनसुन गर्नुपर्ने छैन्: गठबन्धन उमेदवार

कास्की | बैशाख २३, २०७९

महानगरको सेवा लिन भनसुन गर्नुपर्ने छैन्:  गठबन्धन उमेदवार

पोखरा:  पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मदेवार धनराज आचार्यले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन् ।

पोखरा महानगरपालिका वडा नं.१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले पोखरा महानगरमा कुशल नेतृत्वको अभावका कारण अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अव त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।

 

पोखराको जनसंख्या वृद्धिमा तिव्रता आएको उल्लेख गर्दै आचार्यले बढ्दो जनसंख्या र गरिबि निवारणका ठोष योजनाहरु लागु गर्ने बताए । पोखरामा रहेको ८ प्रतिशत गरिबि निबारणका लागि रोजगारीका अवसरहरु सृजना गरिने उनले बताए । उमेदवार आचार्यले करको दायरा व्यवसायी र नागरिकमैत्री बनाउने प्रतिवद्धता पनि जनाए ।

 

सेती करिडोर र फेवाताल संरक्षणका लागि विज्ञदेखी स्थानीयको सुझाव लिएर अगाडी बढ्ने उनले बताए । पेट्रोलियम पदार्थको कम खपत गर्न आवस्यक रहेको बताउदै कृषिजन्य वस्तु उत्पादनमा जोड दिने योजना समेत उमेदवार आचार्यले सुनाए । पोखराको लाइफलाइन पर्यटनलाई थप विकसित र प्रविधिमैत्री बनाउने उनले बताए । हेरिटेज पोखराको रुपमा विकास गर्ने आफुहरुको लक्ष्य रहेको उनले बताए ।

यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले वडा १ मा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने प्रतिवद्धता जनाईन ।

 

उनले अवरुद्ध मुटुरोग अस्पताल बनाउने योजना अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिन् । तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले वडा १ मा मुटुरोगको अस्पताल बनाउने योजना बनाए पनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको सुनाउँदै विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको उनले बताईन् ।

 

‘तत्कालिन समयमा साइनिङ अस्पताल हुदैँ गर्दा जनताले उपचार पाएका थिए । त्यो क्षेत्र अहिले लथालिङ हुन पुग्यो’ उनले भनिन्, तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले यो ठाउँलाई मुटुरोग अस्पताल बनाउनुपर्छ भनेर प्रस्ताव गर्नुभयो, त्यो कुराले गण्डकीवासी खुसी भए । काम हुदँै गर्दा नेपाली कांग्रेसको सरकार ढल्यो र मुटुरोग अस्पताल बिचैमा तुहियो । अव त्यसलाई पर्णता दिने जिम्मेवारी हाम्रो काँधमा आईपुगेको छ ।’

 

उमेदवार रानाभाटले गाइघाटलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने बताईन् । बगरमा रहेको संस्कृत माविलाई देशकै ऐतिहासिक संस्कृत भाषा विद्यालयको रुपमा नमुना बनाउने बताईन् । उनले महिला सशक्तिकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन् । सुत्केरी महिलालाई ६ महिनासम्म सुत्केरी भत्ता र बालबालिकालाई पोषणभत्ताको व्यवस्थापन गर्ने बताईन् ।

 

यस्तै पोखरा महागनरपालिका वडा नं.१ की वडा अध्यक्ष पदकी उमेद्वार सिता गुरुङले वडामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले अघिल्लो पाँच वर्षमा वडामा कुशासन भएकाले त्यसको अन्त्य गर्दै सुशासन कायम गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

‘अहिले वडालाई नमुना बनाउने प्रतिबद्धता जाहेर गर्छौँ, विगतमा मैले थुप्रै सामाजिक कार्य गर्दै आँए अब तपाईहरुले मत दिएर वडाको सिपाही बनाउनुहोस्, म काम गर्न तयार छु । मेरो उमेदवारी वडाको आर्थिक विकासको लागि हो ।’ वडा नं. १ को समग्र विकासका लागि आफुहरु निरन्तर लाग्ने उनले प्रतिवद्धता पनि जाहेर गरिन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्